स्मार्ट सिटि भरतपुरमा छैन बिजुली , चाडपर्वको बेला अन्धकार

स्मार्ट सिटि भनिने नेपालाको भरतपुरमा बिजुली जाने समस्या उत्पन्न हुने गरेको छ ।

देशभर लोडसेडिङको अन्त भएपनी भरतपुरमा लोडसेडिङमा भन्दा पनि बढि समय बिजुली जाने गरेको छ । कुलमान घिसिङको दोस्रो कर्याकाल सुरु भएलगत्तै  देशभर खुसी छाएपनि भरतपुर बासी भने खुशी अनुभव गर्न पाएका छैनन । बराम्बार बिजुली काट्ने कहिले ईन्टरनेटको टार काट्दिने गर्दा भरतपुर बासिले सास्ती खेप्नु परेको छ ।

हिज दिनभर मर्मतको लागि बिजुली काटेको भएतापनी आज अपरान्हदेखि भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध छ । स्रोतका अनुसार आज रातभर र भोलि दिनभर पनि विद्युत सेवा अबरुद्ध हुने भेएको छ ।

भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १३ सम्म, २९ नम्वर वडा र देवघाटमा विद्युत अबरुद्ध भएको छ तर यसको समाधान भने भोलि बेलुका सम्म हुन पनि मुस्किल रहेको जानकारी प्राप्त भएको छ ।

काम गर्दैगर्दा ट्रान्सफर्मरमा समस्या आएका कारण
विद्युत अबरुद्ध भएको हो । हाल मात्र नभएर पहिला पनि भरतपुरमा पटक पटक विभिन्न बहानमा विद्युत बन्द हुने गरेको छ । सम्बन्धित निकायको यसप्रती ध्यानाकर्षण होस ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।