×
आईपियोको लहर : सबैले भर्न मिल्नेगरि फेरी अर्को आईपियोको निष्कासन मिति सार्बजनिक।



सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँट गरि सकेको छ।

कम्पनीले सर्वसाधारणको लागि कुल २१ लाख कित्ता आइपियो निस्कासन गरेको हो। जस मध्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता विक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।अब बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस