IHL 499 -1 OHL 925 -9 UPCL 262.2 -2.7 SMFBS 1505.2 6.2 HIDCLP 183 -2 BNT 14350 -50 GCIL 498 -5.8 GLH 244 -2 MFIL 768 48 SBI 482.9 -6 MEN 631.1 -3.9 USLB 1467 -2.9 PBLD87 1028 -2 GRDBL 743 5 MPFL 751 5 GFCL 1051.1 6 NYADI 305.4 -6.6 SAEF 11.22 0.17 NICLBSL 705.5 -7.5 NSIF2 10.52 0.02 GBIME 256.1 -4.4 NRIC 803 -5 ULHC 390 -7.9 SMPDA 910 -1 CORBL 958.8 -10.2 SNLI 585.1 -0.9 CIT 2195 0 VLUCL 588 -1.9 NICD83/84 1062 -19 NICAD8283 1169.8 86.8 NICD88 1032 -21 SAMAJ 3321.1 1.1 TPC 465 6 MNBBL 395.8 -0.8 AKJCL 209 -3 SWBBL 1065 2.1 NHDL 570 0 SEF 9.51 -0.24 BOKD86 1040 18 KBLD89 1156 1
×
मानव तस्करीमा संलग्न कम्पनीसँग दुबईमा अवार्ड गर्ने चलचित्र विकास बोर्डकाे सम्झौता



चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’का लागि बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ ।

बिहीवार बोर्डले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ब्यवस्थापन कर्पोरेसनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेसनका सिईओ बासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर गरेको हो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १–३ गते) सम्म यो कार्यक्रमको आयोजना हुँदैछ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शीर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको हो । यो कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना हुने अन्तराष्ट्रियस्तरको पहिलो कार्यक्रम हो ।

तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाइटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारहरुको विभिन्न प्रस्तुतिहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलका लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मिङ डेष्टिनेशन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कूटनीतिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ ।

बोर्डका अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आफैंमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कला संस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे ।

सूर्य नेपाल विवादास्पद कम्पनी हो । यसले विभिन्न अवार्ड कार्यक्रमका नाममा विदेशमा मानव तस्करी गर्दै आएको छ । केही समयअघि आन्तरिक राजस्व कार्यालयले सूर्य कर्पोरेसनको कार्यालयमा छापा मारेको थियो । कलाकार बनाएर धेरै मानिसलाई यसका सञ्चालक लामिछानेले विदेश पठाउँदै आएको चलचित्रकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस