MKCL 1497 -26 NGPL 472 -2.9 KPCL 493 -0.8 NMBMF 695 -10 ULBSL 3199 37 LBBL 475 -4.8 ANLB 4453.1 47 SNMAPO 190 0 PROFL 655 7 SPDL 310 5 CHCL 568.9 -8.1 EDBL 645 -1.9 UMRH 475 -1.9 SHPC 525 -3.9 PBD85 1079.9 19.9 TAMOR 482.9 -2.1 GBBLPO 205 0 PRVU 248 -10 NICGF 10.56 -0.28 CBBL 980 1 SLBSL 1398.4 21.4 SFEF 9.29 0.22 SINDU 667 -6 OHL 925 -9 GHL 218.5 -1.1 MERO 760 0.5 SBD87 1048 11.9 MNBBL 395.8 -0.8 MSHL 938 3 RMF2 9.21 -0.13 HEI 648 -10 SPHL 666.9 16.9 UPPER 214.2 -1.8 SBI 482.9 -6 GBIME 256.1 -4.4 KBLD86 1115 0 NIL 912 8 SRLI 443.1 -4.9 ALICL 714.5 -1.2 SIGS3 9.45 0.09
×
भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते



भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान दुर्घटनामा परेका छन् ।

दुर्घटना यति भीषण थियो कि डिभाइडरमा ठोक्किएर क्रिकेटरको मर्सिडिज कार पूरै जलेर खरानी भएको थियो । चिकित्सकका अनुसार पन्तको खुट्टामा गम्भिर चोट लागेको छ ।

जानकारी अनुसार नयाँदिल्लीबाट उत्तराखण्डको रुर्की जाँदै गरेको ऋषभ पन्तको मर्सिडिज कार आज बिहान ५ः१५ बजे नरसान नाकामा रेलिङसँग ठोक्किएको हो । दुर्घटनापछि कारमा आगो लागेको थियो । सौभाग्यवश, यात्रुहरूले स्क्रिन तोडेर पन्तलाई कारबाट बाहिर निकाले। त्यतिबेला उनी कारमा एक्लै थिए ।

घाइते क्रिकेटरलाई तुरुन्तै रुड़कीको सक्षम अस्पतालमा लगिएको थियो। उत्तराखण्डका डीजीपी अशोक कुमारले क्रिकेटरको शरीरमा खासै चोट नभएको तर एउटा खुट्टा भाँचिएको सम्भावना रहेको बताए । उनलाई अहिले देहरादुनको म्याक्स अस्पतालमा थप उपचारका लागि लगिएको छ ।

ऋषभ पन्तले बिहान कार चलाउँदा निदाएका थिए र केही सेकेन्डमै कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बताए ।दुर्घटनामा घाइते भएका क्रिकेटर ऋषभ पन्तको बारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अधिकारीसँग जानकारी लिएका छन् । साथै उनीहरुको उपचारका लागि सम्भावित सबै व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

ऋषभ पन्तको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री धामीले उनको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । एयर एम्बुलेन्स आवश्यक परेमा त्यसको पनि व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस