SHINE 473 -1.8 JBBL 351 -3.1 GUFL 735 5 RMF2 9.21 -0.13 SMATA 875 -16 PMLI 562 1 ALBSL 1040 -4 NLICL 606 -4 SGHC 393.6 0.1 TRH 1118 -5 MAKAR 500 6 KPCL 493 -0.8 LBBL 475 -4.8 SAMAJ 3321.1 1.1 CHL 353 0.4 TPC 465 6 SARBTM 765 -5 MBJC 321 -8 PRSF 9.54 -0.11 SSHL 215 0.8 HIDCLP 183 -2 UMRH 475 -1.9 MNBBL 395.8 -0.8 HRL 861 -4 C30MF 9.74 0 MLBBL 1635 15 RHPL 364 -5.2 BHPL 655.1 -12.7 NICGF 10.56 -0.28 NLO 242.1 0 SIFC 628 10 RNLI 495.5 1.5 NRM 426.1 -4.9 NYADI 305.4 -6.6 MBLD2085 1085 6.5 VLUCL 588 -1.9 TAMOR 482.9 -2.1 RMF1 9.15 -0.1 KBLD89 1156 1 MBL 255 -4
×
दलित समुदायको सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग



खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन् ।

ईलाका प्रशासन कार्यालय खोटाङबजारमा माग–पत्र बुझाउँदै अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र राष्ट्रिय दलित आयोगको सूचीमा रहेको थरका आधारमा नागरिकता र अन्य पञ्जिकरणका कागजात सच्याएर प्रतिलिपि जारी गर्ने व्यवस्था कार्यान्वयनको माग गरेका हुन् ।

गाउँपालिकाका दलित समुदायका अगुवा साने बिश्वकर्मा (एसबि), युवराज कालीकोटे, मनोजकुमार परियार, सुरेश बिश्वकर्मा, रञ्जु परियार र कुमार बिश्वकर्माको टोलीले दलितको थर परिवर्तन गर्ने सम्वन्धमा गृह–मन्त्रालयबाट विभिन्न समयमा जारी गरिएका निर्णय र परिपत्रलाई सकरात्मक ढंगबाट कार्यान्वयन गर्न निवेदन गरेका हुन् । दलित समुदायको थर परिवर्तन गर्ने सम्वन्धमा गृह–मन्त्रालयले २०७९ पुस ३ गते सबै स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गरेको थियो ।

गृह–मन्त्रालयले १६ वर्षमुनिका बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्मदर्ता भएकोमा सो परिवर्तन गरीदिन सुचक बस्नयोग्य सम्वन्धित व्यक्तिबाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्धारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्वन्धित दलित जातीभित्रको थरहरुमध्येबाट निवेदकले चाहेको थर राखी जन्मदर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने, वालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाण–पत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने र १६ वर्षभन्दा माथिका व्यक्तिको घटना दर्ता प्रमाण–पत्रमा थर परिवर्तन गरिदिन आधिकारिक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाण–पत्र संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिजि जारी गर्नका लागि पत्राचार गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस