×
के पेलेको निधन भइसकेको हो ?



फुटबल लिजेन्ड पेलेको निधन भएको खबर सामाजिक सञ्जालमा फैलिएको छ।

उपप्रधानमन्त्री समेत भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो फेसबुक र ट्विटरमा बिहीबार (डिसेम्बर २९, २०२२) पेलेको निधनको खबर सुनेर साह्रै दुःख लागेको भन्दै श्रद्धाञ्जली दिएका छन्। तर हाम्रो तथ्य जाँचमा यो खबर मिथ्या रहेको पायौँ।

यसरी भयो भाइरल
पेलेको निधन भएको खबर डिसेम्बरको पहिलो साता पनि भाइरल भएको थियो। त्यतिबेला पेले आफैले आफ्नो बारेमा बताउनु परेको थियो। डिसेम्बरको अन्तिम साता फेरि त्यही खबर भाइरल भएको छ। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बुधबारदेखि नै श्रद्धाञ्जलिसहितका पोस्टहरु राख्न थालेका थिए।

pele kamalthapa के पेलेको निधन भइसकेको हो ?

यही क्रममा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार बिना पेलेको निधन भएको भन्दै फेसबुक र ट्विटरमा श्रद्धाञ्जलि दिए।

उनको फेसबुक पोस्टमा दुई घण्टामा नै १७ सय रियाक्सन, ५०३ कमेन्ट र १८ सेयर देखिएको थियो।

त्यसैगरी उनले ८ लाखभन्दा बढी फलोअर्स भएको ट्विटरमा पनि यही व्यहोरासहितको ट्विट गरेका छन्। तीन घण्टामा त्यसमा ८ हजार ७४८ भ्युज, ५ रिट्विट, ८ कोट ट्विट र ५९ लाइक्स देखिएको थियो। हेर्नुस् अर्काइभ लिङ्क।

क्रस नामको फेसबुक पेजले पेलेको निधन भएको दावी गर्दै श्रद्धाञ्जलि दिएको पोस्ट १५ घण्टामा २०९ सेयर, १६ कमेन्ट र १८४ रियाक्सन देखिएको छ। हेर्नुस् स्क्रिनसट।

त्यसैगरी फेसबुकमा ‘Pele RIP’ सर्च गर्दा अरु थुप्रैले पनि पेलेको निधनमा श्रद्धाञ्जलि दिएका पोस्टहरु देखिन्छन्।

के हो तथ्य ?

पेले झण्डै एक महिनादेखि अस्पतालमा छन्। भ्वाइस अफ अमेरिकाले डिसेम्बर २८, २०२२ मा अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले Pele Nears 1 Month in Hospital With No Sign of Improvement शीर्षकमा समाचार राखेको छ।

समाचार अनुसार पेले नोभेम्बर २९ देखि रहेको अस्पतालले गएको सातादेखि कुनै अपडेट दिएको छैन। पेलेकी छोरी केली नास्सिमेन्टोले हिजो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन्। त्यसमा पेलेको स्वास्थ्य बारे केही लेखिएको छैन।

दि गार्डियनले पनि २९ डिसेम्बरमा अपडेट गरिएको एउटा समाचारमा पेलेको स्वास्थ्यको बारेमा उल्लेख गरेको छ। त्यसमा पनि निधन भएको उल्लेख छैन।

पेलेको निधन भएको खबर न पेलेको परिवारबाट, न कुनै अन्तर्राष्ट्रिय मिडिया कतै पनि पुष्टि भएको छैन।

तथ्य जाँच
दावी : फुटबल लिजेन्ड पेलेको निधन भयो।

दावीकर्ता : पूर्व उपप्रम कमल थापा, सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

तथ्य : मिथ्या सूचना। पेलेको निधनबारे उनको परिवारले पुष्टि गरिसकेको छैन। कुनै अन्तर्राष्ट्रिय विश्वसनीय मिडियाले पनि यसबारे समाचार दिएको छैन।

नेपाल फ्याक्टचेकको सहयोगमा। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस