×
Lagani
Lagani Shiksha gif
यी स्थानमा हिमपात र वर्षाको सम्भावना।



हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Lagani Shiksha gif
sharehubapk यी स्थानमा हिमपात र वर्षाको सम्भावना।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस