SFMF 10.2 -0.2 HLBSL 1010 -10 SHL 512 -4.5 CIT 2195 0 GHL 218.5 -1.1 MBL 255 -4 NICSF 9.5 0.25 KRBL 613 0 CMF2 9.21 -0.1 NIMB 241.9 -9.1 SDBD87 1035 4 NADEP 1030 -55 SHINE 473 -1.8 HEI 648 -10 SFEF 9.29 0.22 JBBL 351 -3.1 SMATA 875 -16 SGHC 393.6 0.1 BARUN 379 -6.1 MKJC 467.9 -1 SCBD 1111 6 NICAD8283 1169.8 86.8 KSY 9.22 -0.19 MNBBL 395.8 -0.8 SWBBL 1065 2.1 SPC 520 5 IGI 600 -4 JBLB 1534 -3 BNHC 466.9 0.7 MSLB 1564 -70 SMB 1809 4 SANIMA 326 -10.2 CMF1 10.5 -0.2 SLCF 9.21 -0.1 SBLD84 1040 19.3 PFL 652 -1 DHPL 242 1 KDL 1059 16 SRLI 443.1 -4.9 NIBLSTF 8.68 0
×
आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बने सैम करन , कसले कतिमा खरिद गर्यो ?



T20 विश्व कप 2022 को नायक  इङ्लिस अलराउन्डर सैम करन IPL 2023 को मिनी लिलामीमा सबैभन्दा महँगो खेलाडी बनेका छन ।

सैम करनलाई पञ्जाब किंग्सले १८.५ करोड भारुमा किनेको छ । यसअघि लिलामीमा क्रिस मोरिस (१६.२५ करोड) सबैभन्दा महँगो बिकेका थिए । मुम्बई इन्डियन्सले साम करणलाई किन्न बोली लगायो। उनीहरुको आरसीबीसँग टक्कर भयो । ६.५ करोडको बोली लागेपछि आरसीबीले आफ्नो नाम फिर्ता लिएको थियो । यसपछि राजस्थान र मुम्बईबीच टक्कर भएको थियो । बोली ११ करोड नाघेपछि मुम्बईले पनि हात तान्यो । यसबीचमा पञ्जाब किंग्स आयो र अन्त्यमा सबैलाई पछि पार्दै बोलि जित्यो ।

करणका लागि सबै फ्रेन्चाइजीबीच कडा प्रतिस्पर्धा थियो । यसको पछाडिको कारण उनको पछिल्लो रूप हो । उनी सन् २०२२ को टी–२० विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए । बायाँ हाते फास्ट बलिङ अलराउन्डर करण ओपन गर्न सक्ने थोरै खेलाडी मध्ये एक हुन्। यति मात्र होइन, उनी मिडल अर्डर पावर हिटर हुन् ।

२४ वर्षीय साम करणले सन् २०१९ मा पञ्जाब किंग्सबाट आईपीएलमा डेब्यु गरेका थिए। टोलीले उनलाई ७.२ करोडमा किनेको थियो । उनले त्यो सिजन ह्याट्रिक पनि गरे तर टिमले रिलिज गर्यो । 2020 को लिलामीमा, करणलाई चेन्नई सुपर किंग्सले 5.5 करोडमा किनेको थियो। दुई वर्ष चेन्नईमा रहेपछि करणले चोटका कारण गत वर्ष भएको लिलामीमा भाग लिएका थिएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस