×
Lagani
Lagani Shiksha gif


सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।

विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसदमा हिंसात्मक झडप भएको हो । टेलिभिजन फुटेजमा सत्तारूढ र विपक्षी दलका राजनीतिज्ञहरू बीच संसदमा एक अर्काविरुद्ध मारपिटमा उत्रिएको देखिन्छ ।

Lagani Shiksha gif
sharehubapk संसद बैठकमा सांसदहरुबीच कुटाकुट ( भिडियो सहित )

बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ । सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो ।

६० वर्षका राष्ट्रपति सलका समर्थकहरूले भने संवैधानिक संशोधनमार्फत तेस्रो कार्यकालको बाटो खुलाउन सकिने बताइरहेका छन् ।
सेप्टेम्बरमा निर्वाचनपछिको पहिलो संसद बैठकमा पनि सभामुख चयनको विषयमा विधायकहरूबीच घम्साघम्सी भएको थियो ।

संसद भवन भित्रको झगडाको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको छ । घटनापछि महिला हिंसाको बहस पनि सुरु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस