SLBBL 809 -7 HLBSL 1270 -49 USHL 549 0.5 CKHL 593 -6 NESDO 2098 -11 UNL 44500 302 KRBL 436 -5.6 SBLD2082 1095 15 KDL 1170 -28.9 NBLD85 990 -5.4 IHL 423 -4.9 SBI 293 0.1 HPPL 265 -2.9 SCB 564 -0.9 GFCL 549 28.4 EHPL 549 0 KEF 8.66 0.37 NICA 401.1 -2.9 ICFC 530 3 API 169 -2.5 SJLIC 405.2 -2.8 LVF2 8.2 0.15 MHL 499 -3 SABSL 1081 16 SWMF 874.2 -0.8 JBLB 1336 6 UPPER 158.2 -0.8 KLBSLP 545 0 ADBL 261 -2 OHL 760 0 NICAD85/86 1050 0 CORBL 507.5 -5.5 KDBY 9.13 -0.11 GMFBS 1315 -24.9 GIBF1 8.22 0 PFL 619.8 14.8 CMF1 8.92 -0.08 NHPC 144.8 -2.4 NIFRA 191.3 -0.2 SMJC 399.8 2.7
×
रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए



रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ । सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाण ३४ हजार ३६ मत ल्याए भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बनेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए । ३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उनी पछाडि पर्दै गइरहेका थिए ।

०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बनेका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराएका हुन्  ।
यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी भएका छन्  । तीन दलीय तालमेलबाट उम्मेदवार बनेका चौधरी दुई सय एक मतान्तरले विजयी बनेका हुन ।

उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहेका थिए, ढकालले १६ हजार एक सय ९३ मत ल्याए । खसेको ४९ हजार पाँच  सय तीन मतमध्ये दुई  हजार १ सय ५२ मत बदर भएको थियो । १५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन ।

क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस