UMHL 308 -4 KRBL 613 0 SLBSL 1398.4 21.4 NMB50 10.3 0.05 SMH 1064.8 5.9 NICL 990.2 -4.8 DHPL 242 1 HATHY 1322 13 RURU 740 -9.8 HRL 861 -4 HIDCL 270.7 -4.1 GFCL 1051.1 6 KBSH 2386 -9 MMKJL 543.6 9.6 NIBSF2 8.9 0.08 CHCL 568.9 -8.1 PRVU 248 -10 NMLBBL 769 -11 MBL 255 -4 NLG 1317 2 AVYAN 909 -6 LEC 276.8 -6 CCBD88 1123.1 6.1 ENL 1102 -18 LBBL 475 -4.8 NIBLGF 9.1 0.38 NLICL 606 -4 NBLD87 1020 -8 SAMAJ 3321.1 1.1 SAGF 9.31 0.01 SBLD89 1200 16.1 JFL 655 6 EBLD86 1040 -2 GBIME 256.1 -4.4 ICFC 823.9 74.9 KDL 1059 16 NICGF2 8.78 -0.02 NESDO 2229 -18 GBILD86/87 1030 4 SWMF 812 -13
×
आमनिर्वाचनको मौन अवधि सुरु, के के गर्न पाहिदैन ?



४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ ।

योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन् ।  मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला,गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस र नाराबाजी नगर्न भनेको छ ।  यदी उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

बिहीबार मध्यरातिबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने भनिएको छ । यसको अनुगमन प्रेस काउन्सिलले गर्नेछ ।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस