मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सर्वाधिक उमेरका उम्मेदवार टिका दत्त पोखरेल बनेका छन् ।
उनले प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन् । उनी नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवार बनेका हुन् ।निर्वाचन आयोगले बुधबार राति सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा उनको उमेर सबैभन्दा धेरै ९९ वर्ष रहेको छ ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् । साथै उनीसंग नेकपा एमालेले अब्दुस सलाम मिया , राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीले प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले कुल बहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनले सोम बहादुर गुरुङ, र राष्ट्रिय स्वतन्त्र पार्टीले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा स्वतन्त्र रुपमा गणेश देवकोटा र विनोद कुमार गुरुङले उम्मेदवारी दिएका छन् ।










