AKPL 248.5 -2.5 RBCL 17071 -109 MCHL 488.3 -3.7 BOKD86 1040 18 FMDBL 758 -0.1 SJLIC 477 -7.5 KDBY 9.21 -0.23 NABBC 631 -12 NICA 452 -13 MBL 255 -4 NMBD87/88 1027 -3 NICD88 1032 -21 SBID83 1098 8.7 GLH 244 -2 MHNL 265.5 -0.5 JBLB 1534 -3 HEIP 381.8 20.8 SFCL 704.1 63.6 RHPL 364 -5.2 SIKLES 707 -3 MBLD2085 1085 6.5 SMPDA 910 -1 SDBD87 1035 4 HHL 439 -3.2 DOLTI 538 10 CITY 805 -17 MANDU 885 -14 EHPL 840 7.9 BHDC 583 5.4 KRBL 613 0 SCBD 1111 6 VLUCL 588 -1.9 CCBD88 1123.1 6.1 BFC 625 9.1 NLO 242.1 0 CHDC 1684 -35.9 SPDL 310 5 CIZBD86 1060 -10 UNHPL 266 0 HLBSL 1010 -10
×
भोलि देखि निष्कासन हुदै आईपीओ , कति दिने आवेदन ?



इस्टर्न हाइड्रोपावर कम्पनीले भोलि देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस