×
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

सांकेतिक तस्बिर



नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा  छ ।

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा राष्ट्र बैंकले जनाएको छ ।

बुधबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५५ पैसा राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ पैसा छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९० पैसा र बिक्री दर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै,  मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ छ ।

ar आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस