×
आईपीओ निष्कासन गर्दै बरुण इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल।



बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा बरुण इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । बरुणले कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि कूल १५ लाख साधारण सेयर निष्कासन गर्न लागेको हो

ऊर्जा क्षेत्रमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टको ६० करोडको अधिकृत पुँजी र ५५ करोडको जारी पुँजी रहेको छ । संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ संस्थापक सेयरधनीबाट ४० करोडको शेयर पुँजी भुक्तानी भइसकेको छ । २०७७ सालमा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीको ललितपुर जिल्लाको बानीमण्डल–४ मा दर्ता कार्यालय रहेको छ ।

कम्पनीको मुख्य लगानीकर्ता एसजी ग्रुप हो । बझाङमा रहेको १५.३३ मेगावाटको कलंगा हाइड्रो लिमिटेड, ३८.४७ मेगावाटको सानिगड हाइड्रो र १०.७० मेगावाटको बुङ्गल हाइड्रोले जम्मा ६४ दशमलव ४९ मेगावाट विद्युत उत्पादन गर्ने ३ जलविद्युत कम्पनीमा मुख्य लगानीकर्ता रहेको बरुण इन्भेष्टमेन्टले जनाएको  छ ।

संस्थापक समूहको ७७५ सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस