×
तपाईको विदेश बाट ल्याएको फोन दर्ता छ कि छैन यसरि हेर्नुहोस , नभए दर्ता कसरि गर्ने जान्नुहोस !



नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ ।

त्यसपछि प्राधिकरणको उक्त प्रणालीमा पहिले नै दर्ता भइसकेका मोबाइलको हकमा यथावत् सञ्चालन जारी रहन्छ भने अनधिकृत रूपमा आयातित वा विदेशबाट आफन्तमार्फत ल्याएको तर दर्ता नभएका मोबाइलहरू नयाँ नियमको फन्दामा पर्न सक्छन्।

खुला सिमानाबाट अनुचित किसिमले आएका फोन वा आफन्तले ल्याएका फोन दर्ता नभएको हुनसक्छ। त्यसका निम्ति दर्ता गर्न एसएमएस पठाइन्छ। छ महिनाभित्र त्यसरी दर्ता गरिसक्नु पर्छ, तर भदौ ३० पछि भित्रिने नयाँ मोबाइलको हकमा दर्ता नगरिए चल्न दिइने छैन।  त्यसकारण यसअघि जुन सुकै तरिकाले ल्याएको फोन दर्ता गर्न सकिने छ।

आफ्नो फोन दर्ता छ कि छैन कसरि जाच गर्ने ? 

आफ्नो फोन अबैध छ कि छैन भनेर जाच गर्न नेपाल दूरसञ्चार प्राधिकरणको साइटमा जानुहोला। त्यसपछि आफ्नो आइएमइआइ  नम्बर हालेर SUBMIT गर्नुहोस। SUBMIT गरिसकेपछि तपाइको फोन दर्ता भएको नभएको जानकारी पाउनुहुने छ।

Screenshot 2022 09 06 100657 तपाईको विदेश बाट ल्याएको फोन दर्ता छ कि छैन यसरि हेर्नुहोस , नभए दर्ता कसरि गर्ने जान्नुहोस !

दर्ता नभएको कसरि दर्ता गर्ने : 

सर्बप्रथम https://eir.nta.gov.np/login मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUBMIT गर्नुहोस।

Screenshot 2022 09 06 092121 तपाईको विदेश बाट ल्याएको फोन दर्ता छ कि छैन यसरि हेर्नुहोस , नभए दर्ता कसरि गर्ने जान्नुहोस !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस