×
Lagani
Lagani Shiksha gif
भदौ ३० बाट अवैध मोबाइल नचल्ने सिस्टम लागु हुदै , आफ्नो मोबाइल यसरि दर्ता गर्नुहोस।



नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ‘सफ्ट लन्च’ आउँदो शुक्रबार गर्ने भएको छ ।

नेपालमा अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित उक्त कार्य गर्न लागेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाईल बन्द गर्न सरकारले यो सिस्टम ल्याउन लागेको हो।

Lagani Shiksha gif
sharehubapk भदौ ३० बाट अवैध मोबाइल नचल्ने सिस्टम लागु हुदै , आफ्नो मोबाइल यसरि दर्ता गर्नुहोस।

एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए । नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा एमपीआइएका अध्यक्ष दीपक मल्होत्राले हाल मोबाइलको प्रयोग गाँस, बास र कपासपछिको अति आवश्यक वस्तुको रुपमा भइरहेको बताउँदै पछिल्लो समय सरकारले विलासी वस्तुको रुपमा मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सो कार्यको आपत्ति जनाए ।

हाल व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ भने  व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था छ ।

यो प्रणाली पूर्ण रूपमा लागू भए कसैको मोबाइल हराएमा चोरि भएमा नेपालमा नचल्ने गरि बन्द गर्न सकिने छ। यदै तपाइलाइ कसैले उपहार स्वरुप विदेशबाट मोबाइल पठाएको छ भने यो लिंक मार्फत दर्दा गर्न सक्नु हुन्छ।

कसरि दर्ता गर्ने : 

सर्बप्रथम https://eir.nta.gov.np/login मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUMBIT गर्नुहोस।

Screenshot 2022 09 06 092121 भदौ ३० बाट अवैध मोबाइल नचल्ने सिस्टम लागु हुदै , आफ्नो मोबाइल यसरि दर्ता गर्नुहोस।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
सुगम लिम्बु
Guest
सुगम लिम्बु
September 6, 2022 11:23 am

यो नियम चै ठिक होईना बिदेस गएर दुख गरेर एसो सपना पुरा ग्रन खोजेको हामिले एस्तो नियम लागु भएसि हामि स्वभिमानि नेपालि सधै नै गरिब हिने छोै ठिक छ एदि (मिडईन नेपाल ) भए ठिगै छ यो जाहा बसेनि नेपालि ले जे बोकेनि के को अबैद हुनु यो साले भ्रस्टचारि नेता लाई दिनु प्रने भएको ले स्सटम ल्याको हो



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस