


नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ‘सफ्ट लन्च’ आउँदो शुक्रबार गर्ने भएको छ ।
नेपालमा अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित उक्त कार्य गर्न लागेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाईल बन्द गर्न सरकारले यो सिस्टम ल्याउन लागेको हो।
एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए । नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा एमपीआइएका अध्यक्ष दीपक मल्होत्राले हाल मोबाइलको प्रयोग गाँस, बास र कपासपछिको अति आवश्यक वस्तुको रुपमा भइरहेको बताउँदै पछिल्लो समय सरकारले विलासी वस्तुको रुपमा मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सो कार्यको आपत्ति जनाए ।
हाल व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ भने व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था छ ।
यो प्रणाली पूर्ण रूपमा लागू भए कसैको मोबाइल हराएमा चोरि भएमा नेपालमा नचल्ने गरि बन्द गर्न सकिने छ। यदै तपाइलाइ कसैले उपहार स्वरुप विदेशबाट मोबाइल पठाएको छ भने यो लिंक मार्फत दर्दा गर्न सक्नु हुन्छ।
कसरि दर्ता गर्ने :
सर्बप्रथम https://eir.nta.gov.np/login मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUMBIT गर्नुहोस।
यो नियम चै ठिक होईना बिदेस गएर दुख गरेर एसो सपना पुरा ग्रन खोजेको हामिले एस्तो नियम लागु भएसि हामि स्वभिमानि नेपालि सधै नै गरिब हिने छोै ठिक छ एदि (मिडईन नेपाल ) भए ठिगै छ यो जाहा बसेनि नेपालि ले जे बोकेनि के को अबैद हुनु यो साले भ्रस्टचारि नेता लाई दिनु प्रने भएको ले स्सटम ल्याको हो