×
Lagani
Lagani Shiksha gif
यी जिल्लामा भोलि सार्बजनिक विदा ( सुचना सहित )



बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

Lagani Shiksha gif

छोनाम (न्वागी) पर्व, भदौ २२ गते चेपाङ जनजातिको मुख्य पर्वको रूपमा रहेको छोनाम (न्वागी) पर्वको महत्त्वपूर्ण दिन हो। नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये को एक जनजाति हो चेपाङ। चेपाङ जनजाति, प्रकृति पूजकको रूपमा चिनिने र यस जातीको २२ नाले वंशावली भएका कारण भदौ २२ को दिन छोनाम (न्वागी) पर्व मनाउने चलन रहेको मानिन्छ। छोनाम (न्वागी) पर्व कर्णाली प्रदेशका जनताले पनि धूमधामका साथ मनाउने एक पर्व हो।

त्यता तिर न्वागी पर्व (छोनाम) लाई नयाँ वर्षको रूपमा समेत लिने गरेको पाइन्छ।चेपाङ जनजातिको बाक्लो बसोबास रहेको स्थान चितवन, लगायत धादिङ, मकवानपुर, गोरखा जस्ता स्थानहरूमा छोनाम (न्वागी) पर्व मनाउने चलन रहेको छ। भदौमा नयाँ अन्नबाली र फलफूल आदि पाकेपछि यो पर्व मनाउने गरिन्छ।

पहिलेको समयमा भदौ महिनाको पूर्णिमाको दिन चेपाङहरूले नयाँ बालीको नयाँ अन्न खानका लागि आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे) घरमा बोलाइ रातभर घरमा एक पाखे ढ्याङ्ग्रो ठोकेर पितृ पूजा गर्दै मनाउने गरेको यो पर्व २०६८ साल पछि अर्थात् अहिलेको समयमा भने भदौ महिनाको २२ गते मनाउने गरिएको छ। यस पर्वको अवसरमा चेपाङहरूले कुखुराको बली चढाउने चलन पनि रहेको पाइन्छ।

 

bida bagmati1662382453 यी जिल्लामा भोलि सार्बजनिक विदा ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस