नेप्से हरियाली : ८७ दशमलव ६३ अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२९ कम्पनीको आठ करोड ३९ लाख पाँच हजार ८६४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार दुई अर्ब ७७ करोड ३४ लाख बराबरमा कारोबार सीमित भएको थियो । त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । याे बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ । बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने नौ कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।