×
भर्खरै आईपियो निष्कासन गरेको अभियान लघुवित्तको नाफा ३७.४२ % घट्यो।



हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तले रू. १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ जून अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू. १ करोड ७६ लाखभन्दा बढी थियो ।गत आर्थिक वर्षमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू. १ करोड ७६ लाखभन्दा बढी थियो ।

गत आवमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेकाले सञ्चालन नाफा घटेको हो । कम्पनीले गत आवमा कर्मचारी खर्च रू. ६ करोड ६१ लाखभन्दा बढी र अन्य सञ्चालन खर्च रू. ४ करोड ९ लाखभन्दा बढी गरेको हो । संस्थाको रिजर्भको आकार १३४.४२ प्रतिशतले बढेर १ करोड ९१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८१ लाख ६७ हजार रुपैयाँ थियो।

कम्पनीले यस अवधिसम्म रू. ३१ करोड १५ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ५४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६० प्रतिशत कायम भएको छ ।

1660864668 भर्खरै आईपियो निष्कासन गरेको अभियान लघुवित्तको नाफा ३७.४२ % घट्यो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस