×
भर्खरै आईपियो निष्कासन गरेको मानुषी लघुवित्तको नाफा १०१ प्रतिशत बढ्यो।



मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।  आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १०१ प्रतिशत वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवमा मात्रै रू. १३ करोड ४६ लाख खराब कर्जा संकलन गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.०५ प्रतिशत र कुल सञ्चालन आम्दानी ६४.२१ प्रतिशत बढेको छ। लघुवित्तले सम्भावित जोखिम बापत १४ करोड रुपैयाँ व्यवस्था गर्दा सञ्चालन मुनाफा भने ९ करोड ७४ लाख रुपैयाँ ऋणात्मक भएको छ।

कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख रहेको छ गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४९ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशलमव ९८ ,तरलता अनुपात ४ दशमलव १९ प्रतिशत , मूल्य आम्दानी अनुपात ४५ दशमलव ६० गुणार प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४३ रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण : 

1660271790 scaled भर्खरै आईपियो निष्कासन गरेको मानुषी लघुवित्तको नाफा १०१ प्रतिशत बढ्यो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस