×
आर्थिक वर्ष २०७८–७९ मा ५ अर्बको आईपीओ बजारमा



गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो । आईपीओ  जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् ।

त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ । आर्इपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस