×
१७ गते नाग पञ्चमीका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय। ( सुचना सहित )



साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक बिदा दिइने भएको छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो । यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

296200133 437497801726096 8827177466169984053 n १७ गते नाग पञ्चमीका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय। ( सुचना सहित )

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस