×
लगातार निष्कासन हुदै २ लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ ।  यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

त्यस्तै धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।  यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले २९ साउनसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ७ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस