×
Lagani
Lagani Shiksha gif
सार्बजनिक भयो आदर्श लघुवित्तको आईपीओको नतिजा , यस्तो छ हेर्ने तरिका।



आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओको नतिजा सार्बजनिक भएको छ  ।

लघुवित्तको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

Lagani Shiksha gif
sharehubapk सार्बजनिक भयो आदर्श लघुवित्तको आईपीओको नतिजा , यस्तो छ हेर्ने तरिका।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रवन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस