×
Lagani
Lagani Shiksha gif
६७ लाखको आईपीओमा ३ करोड आस्बा शुल्क !



केहि दिन अघि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको थियो।

कम्पनीको आईपीओमा १८ लाख ७  हजार १२४ जनाले २ अर्ब २ करोड ५० लाख ८ हजार रुपैयाँ बराबरको शेयर माग गरेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। उक्त आवेदन दिदा बैंकहरुले रु १० देखि रु १०० सम्म आस्बा शुल्क लिने गरेका छन। केही बैंकले नि: शुल्क सेवा दिई रहेका छन् भने केहिले यहि हो मौका भन्दै शुल्क उठाउने गरेका छन्।

Lagani Shiksha gif
sharehubapk ६७ लाखको आईपीओमा ३ करोड आस्बा शुल्क !

कम्पनीले सर्बसाधारणको लागि  ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो जुन ६७ लाख बराबरको हुन् जान्छ। तर अचम्मको कुरा त् के छ भने ६७ लाखको आईपीओमा करिब ३ करोड आस्बा शुल्क उठेको छ। आदर्श लघुवित्तको आईपीओमा पनि १८ लाख ७  हजार १२४ लगानीकर्ता बाट औसत १५ मानेर हिसाब गर्दा २ करोड ७१ लाख बढी  सी-आस्बा शुल्क उठेको छ।

यो तथ्यांक केहि तल माथि भएपनि आइपियोमा आवेदन दिनकै लागि शुल्क लिनु उचित भने हैन।  लगानीकर्ताले बार्षिक DEMAT खाता नविकरण गर्ने हुदा आईपीओ भर्दा र आईपीओ  पर्यो भने त्यसलाई बेच्दा बेच्ने र खरिद गर्ने संग पनि DP शुल्कको रुपमा लगानीकर्ताले २५ रुपैयाँ तिर्नु परेको छ।

बार्षिक नविकरण शुल्क लिने , आइपियो भर्दा नि लिने , शेयर खरिदा गर्दा नि लिने , शेयर बेच्दा नि लिने गर्दा लगानीकर्ता मारमा परेका छन् भने  बैङ्कहरु मोटाउदै गएका छन्। त्यसकारण सम्बन्धित निकायले समयमै यो कुरामा ध्यान दिनु जरुरि छ।

नोट : विभिन्न बैंकले आफ्नो ग्राहाकबाट भिन्न भिन्न शुल्क लिने हुदा यहाँ हामीले रु १५ लाइ औसत मानेर हिसाब गरेका छौ।    

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Rajendra chand
Guest
Rajendra chand
June 23, 2022 11:17 am

sahi kura garnu bho



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस