×
६७ लाखको आईपीओमा ३ करोड आस्बा शुल्क !



केहि दिन अघि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको थियो।

कम्पनीको आईपीओमा १८ लाख ७  हजार १२४ जनाले २ अर्ब २ करोड ५० लाख ८ हजार रुपैयाँ बराबरको शेयर माग गरेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। उक्त आवेदन दिदा बैंकहरुले रु १० देखि रु १०० सम्म आस्बा शुल्क लिने गरेका छन। केही बैंकले नि: शुल्क सेवा दिई रहेका छन् भने केहिले यहि हो मौका भन्दै शुल्क उठाउने गरेका छन्।

कम्पनीले सर्बसाधारणको लागि  ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो जुन ६७ लाख बराबरको हुन् जान्छ। तर अचम्मको कुरा त् के छ भने ६७ लाखको आईपीओमा करिब ३ करोड आस्बा शुल्क उठेको छ। आदर्श लघुवित्तको आईपीओमा पनि १८ लाख ७  हजार १२४ लगानीकर्ता बाट औसत १५ मानेर हिसाब गर्दा २ करोड ७१ लाख बढी  सी-आस्बा शुल्क उठेको छ।

यो तथ्यांक केहि तल माथि भएपनि आइपियोमा आवेदन दिनकै लागि शुल्क लिनु उचित भने हैन।  लगानीकर्ताले बार्षिक DEMAT खाता नविकरण गर्ने हुदा आईपीओ भर्दा र आईपीओ  पर्यो भने त्यसलाई बेच्दा बेच्ने र खरिद गर्ने संग पनि DP शुल्कको रुपमा लगानीकर्ताले २५ रुपैयाँ तिर्नु परेको छ।

बार्षिक नविकरण शुल्क लिने , आइपियो भर्दा नि लिने , शेयर खरिदा गर्दा नि लिने , शेयर बेच्दा नि लिने गर्दा लगानीकर्ता मारमा परेका छन् भने  बैङ्कहरु मोटाउदै गएका छन्। त्यसकारण सम्बन्धित निकायले समयमै यो कुरामा ध्यान दिनु जरुरि छ।

नोट : विभिन्न बैंकले आफ्नो ग्राहाकबाट भिन्न भिन्न शुल्क लिने हुदा यहाँ हामीले रु १५ लाइ औसत मानेर हिसाब गरेका छौ।    

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Rajendra chand
Guest
Rajendra chand
June 23, 2022 11:17 am

sahi kura garnu bho


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस