KDBY 8.7 0.11 PRSF 8.55 0 PMLI 493.5 -9.5 GUFL 693 -15 MPFL 436 -8 JSLBB 1460 90 NLG 760 -4 PROFL 336.9 -1.1 SAMAJ 2352 -48 MLBLD89 1100.1 5.1 NIL 790 -5.1 SRBLD83 1040 0 CGH 790 3 NIMBD90 1081 0 LBLD88 999 -1 NICBF 8.67 -0.17 BEDC 363 -2 MBL 169.2 1.3 ALICL 571.8 -3.7 RFPL 366 26.1 AHPC 162 -3 RMF2 8.64 -0.16 SPHL 465 -2 ULHC 326 -4 LUK 8.33 -0.34 SBI 279 -0.1 NTC 830 1 UPCL 194 -0.5 GBBL 364 -2.9 VLUCL 464 -3.9 HEI 608 -5 SJCL 269.9 1.9 TAMOR 375.9 6.9 MHL 400 0 NIBSF2 7.92 0 IHL 389.9 -3.1 BHL 318.5 -6.5 C30MF 8.27 -0.1 MANDU 967.9 -57.1 KMCDB 960 25
×
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे , अर्थमन्त्री फेरिन सक्ने !



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।  बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ ।

एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो ।

समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको छ । सोही कारण आजको बैठकमा यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका एक नेताले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस