×
Lagani
Lagani Shiksha gif
आदर्श लघुवित्तको आईपीओमा ३२३ गुणा बढी आवेदन , ९९ प्रतिसत आवेदकको हात खालि हुने !



आदर्श लघुवित्तको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सिडिएस एण्ड क्लियरिङ्ग अनुसार लघुवित्तको आईपीओमा अब्तिम दिन सम्म  १८ लाख ७  हजार १२४ जनाले २ अर्ब २ करोड ५० लाख ८ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् । जुन आवेदन मागभन्दा ३२३ दशमलव ४२ गुणा बढी आवेदन हो। कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

Lagani Shiksha gif

हालको आवेदन हेर्दा जम्मा ० दशमलभ ३४ प्रतिसत आवेदकले १० कित्ताको दरले शेयर हात पर्ने देखिन्छ भने ९९ दशमलभ ६६ प्रतिसतको हात खालि हुने छ।  त्यसतै ५ जनाले ११ कित्ताको दरले शेयर हात पर्ने छन्। सरल तरिकामा भन्नु पर्दा आव्दन दिने मध्य १८ लाख १ हजार बढीको हात खालि रहने छ।

आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रवन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस