४-१२ करोडको सिमाले मार्जिन कर्जा घटेको छ।
ठुला आकारका कर्जाहरु घटेका छन् भने साना आकारका कर्जाहरु बढेका छन्। केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले ९१ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन ।
राष्ट्र बैंकले शेयर बजारमा साना लगानीकर्तालाई फाइदा होस् भन्ने हेतुका साथ् ४-१२ नीति ल्याएको बताएको छ। तर साना लगानीकर्ताहरु बुझेर , नबुझीकन या अरुको हल्लामा लागेर यसको बिरोध गरिरहेका छन्। आखिर ४ -१२ करोड नीतिमा के छ त् ?
आर्थिक बर्ष ७८/७९ को मौद्रिक नीतिको कर्जा सम्बन्धि अन्य ब्यबस्थामा रहेको बुदा नम्बर १११ मा ४-१२को बारेमा यस्तो भनिएको छ। “बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ । “
यो व्यवस्था अनुसार एउटै छानामुनि बस्ने नाताभित्रका वा स्वार्थ बाझिने व्यक्ति तथा संस्थाले एउटा बैंकबाट बढीमा चार करोड रूपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँछ। त्यस्तै सबै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म मात्र लिन पाउँछ। योभन्दा बढी कर्जा लिएका ऋणीहरूले अब असारभित्रमा कर्जा सीमामा झारिसक्नुपर्छ। अर्थात् अब एक बैंकमा चार करोडभन्दा बढी हुन भएन, सबै बैंक तथा वित्तीय संस्थामा पनि १२ करोडभन्दा कमै हुनुपर्यो।
नेपालमा यो सिमा भन्दा बढी ऋण लिने केहि ठुला लगानीकर्ता मात्र छन् यो नीतिले उनीहरुलाई अब १२ करोड भन्दा बढी ऋण लिनबाट वञ्चित गर्दछ। तर राष्ट्र बैंकको स्रोतका अनुसार लगानीकर्ताले शेयर धितो राखेर ऋण लिने र सोहि पैसाबाट शेयरबजारमा चलखेल गर्ने हुदा यो नीति ल्याइएको हो।
तर प्रश्न उठ्छ , आफ्नो हितमा हुदा पनि किन साना लगानीकर्ता यसको बिरोध गरिरहेका छन ? यसको जवाफ सरल छ। सबै साना लगानीकर्ताहरु सामाजिक संजालमा ठुला लगानीकर्ताहरुलाई फलो गर्ने गर्दछन। जानेर होस् या अन्जानमा ठुला लगानीकर्ताले जे भन्यो त्यो सहि मान्दछन। यसको फाइदा उठाउदै ठुला लगानीकर्ताले ४-१२ नीतिकै कारण शेयर घटेको हो भन्ने मानसिकता साना लगानीकर्तामा बनाइदिएका छन। जसको कारण साना लगानीकर्ताहरु जान अन्जानमा यो नीतिको बिरोध गरिरहेका छन्।
आन्दोलनमा सहभागि लगानीकर्तालाई ४-१२ करोड नीति किन खारेज गर्नु पर्छ भनेर सोध्दा उनको जवाफ थियो यसले गर्दा शेयर बजार घटी रहेको छ। तर कसरि यो नीतिले शेयर बजार कसरि घटिरहेको छ भनेर प्रश्न गर्दा उनले जवाफ दिन सकेनन। तर धेरै जसो साना लगानीकर्ता यो नीतिको पक्षमा छन्। तर कतिपय लगानीकर्ता भने एमालेको गभर्नरले लाएको नीति हो त्यही भएर यो गलत छ भन्दै राजनीति कारण गर्दै छन्।
अहिले शेयर बजार घट्नुमा ४-१२ नीति हो भन्ने कुरा आधा सहि आधा गलत भएको जानकारहरु बताउछन। उनीहरु भन्छन ” ४-१२ करोडको नीतिको कारण ठुला लगानीकर्ताले धेरौ ऋण लिन पाएनन र शेयर बजारमा चलखेल गर्न मिलेन जसले गर्दा उनीहरु शेयर बजार घटाउन लागि परेका छन्। ” हामीले शेयर बजार घट्दा त् ठुला लगानीकर्तालाइ पनि घाटा हुन्छ हैन र ? भनेर प्रश्न गर्दा यक जना लगानीकर्ता भन्छन ” अहिले गणितीय रुपमा घाटा देखिएपनि समग्र रुपमा हुदैन , उनीहरुले अहिले सस्तोमा शेयर उठाईरहेका छन् र ४-१२ नीति खारेज भयो भने करोडौ ऋण लिएर फेरी पनि बजार बढाउन तिर लाग्छन र दोब्बर फाइदा कमाउछन्। घाटा पर्ने भनेको अहिले सस्तोमा फाल्ने हामि साना लगानीकर्ता हो। अहिले हामीले सस्तोमा फाल्छौ पछि त्यहि शेयर महँगोमा किन्छौ। ”
लगानीकर्ताको आन्दोलमा ठुला लगानीकर्ताले साथ् दिनुको कारण पनि यहि रहेको जानकारहरु बताउछन। उनीहरु भन्छन ” अहिले ऋण तिर्ने बेला आयो त्यहि भएर आन्दोलमा साथ दिइरकेका छन् ” ठुला लगानीकर्ताले शेयर बिक्रि गरेर ऋण चुक्ता गर्न लागेपछि शेयर बजार निरन्तर घट्न थालेको हो। तर सबै ऋण चुक्ता गरिसकेपछी अथवा असर मसान्तपछि शेयर बजार उभो लाउने सबैले आकलन गरेका छन्।
















