×
Lagani
Lagani Shiksha gif
रिभर फल्सको आइपीओ नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?



नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा रिभर फल्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । भोलिबाट यसको दोस्रो बजारमा शेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम ८७ रुपैयाँ ९८ पैसा र अधिकतम २६३ रुपैयाँ ९४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि अनुसार बिहिबार कम्पनीको पहिलो कारोबार हुने छ।

Lagani Shiksha gif
sharehubapk रिभर फल्सको आइपीओ नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई आरएफपीएल (RFPL) कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो।  कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस