×
सिवाईसी नेपाल लघुवित्तको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



शुक्रवार नेप्सेमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ ।

सुक्रबार कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ सूचीकृत भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ । जसअनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ३४४ दशमलव ३६ देखि १ हजार ३३ दशमलव शून्य ८ ओपनिङ्ग रंज तोकेको छ  ।

कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख २१ ह्जार ८२ कित्ता सहित गरेर कुल १२ लाख १६ हजार ४१८ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीले शेयर सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट प्रदान गर्ने नेप्से मार्फत जानकारी दिएको हो ।

Screenshot 2022 06 11 090538 सिवाईसी नेपाल लघुवित्तको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस