आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
आदर्श लघुवित्तले ६७ लाख बराबारको ६७ हजार कित्ता शेयर निस्कासन गर्न लागेको हो ।सर्वसाधारणमा निष्कासन हुन लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।
त्यसै गरि बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणका लागि छुट्टाइएको छ । जुन सरल तरिकाले हिसाब गर्दा जम्मा ६ हजार २ सय ६१ जनालाई १ कित्ताका दरले पर्ने देखिन्छ भने बाकि रहेको कित्ता त्यी मध्य ५ जनालाई पर्ने देखिन्छ। यो आइपीओ न्यूनतम १० कित्तादेखि १ हजार कित्ता खरीदकालागि छिटोमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि प्रकृया अगाडि बढाएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।















