×
Lagani
Lagani Shiksha gif
सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा ( सुचना सहित )



गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

Lagani Shiksha gif
sharehubapk सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा ( सुचना सहित )

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’

‘रातो मछिन्द्रनाथ परम्पराको सुरुवात : 
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक,

Press Release 1 सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस