×
दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जेठ २६ गतेदेखि  आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी विक्री नभएको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीले निस्कसान गर्न लागेको कुल शेयरमध्य ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाकि रहेको २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारणका लागि छुत्ताइएको छ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता शेयरका लागि छिटोमा जेठ ३१ गते सम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ ।  कम्पनीलाई इक्रा नेपाले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

Screenshot 2022 05 31 083128 दोर्दी खोला जलविद्युतको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस