आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले गत असोज २० गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको थियो ।आदर्श लघुवित्त वित्तीय संस्थाले सर्बसाधारणमा आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार आदर्श लघुवित्तले म्युचल फण्ड , स्टाफ र सर्बसाधारणको लागि गरि कुल ६७ लाख बराबारको ६७ हजार कित्ता शेयर निस्कासन गर्न अनुमति पाएको हो। आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।
लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि प्रकृया अगाडि बढाएको हो ।
अब लघुवित्तले निष्कासनको मिति तोके लगतै लगानीकर्ताले मेरोशेयर देखि आवेदन दिन सक्ने छन्।















