×
रिभर फल्सको आइपीओ बाँडफाँट सम्पन्न , यसरी हेर्नुहोस नतिजा ।



रिभर फल्स पावरको आइपीओ आज बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको आफ्नै कार्यालयमा आज दिउँसो ४ बजे आइपीओ बाँटफाँट भएको  हो । कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ देखि जेठ ४ गतेसम्म कुल २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो ।

कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनिको आईपियोमा १८ लाख ५० हजार २७७ जना आवेदक बाट २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन परेको छ । १८ लाख ५० हजार २७७ जना सर्वसाधारणले २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

रिभर फल्सको आइपीओ गोलप्रथामार्फत २ लाख ५३ हजार ८९० जना सर्वसाधारणले १० कित्ताको दरले पाएका छन भने बाकी आवेदकको हात खाली रहेको छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कसरि हेर्ने नतिजा ? 
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस