×
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ।



नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस