×
भोलि देखि निष्कासन हुदै सबैले भर्न मिल्ने आईपीओ , कति दिने आवेदन ?



रिभर फल्स पावर लिमिटेडले २८ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । कुल निष्कासन मध्य ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अबधिसम्म माग बमोजिम आवेदन नपरेमा  जेठ ११ गते सम्म आईपीओ विक्री खुला हुनेछ।

कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस