×
सिवाईसी नेपालको आईपीओ बाँडफाँट हुदै , यसरि हेर्नुहोस नतिजा।



सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ आज  बाँडफाँट हुदै  छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार आज विहान ९ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको छ।  सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म २२ लाख ७७ हजार ७४३ जना आवेदकबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्बसाधारणलाई निस्कासन गरेको भन्दा  ६९.७९ गुणा बढी हो।

कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट हुने छ । आईपिओमा गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन  भने ति मध्ये ८ जनाले ११ कित्ता शेयर पाउने छन् । बाकि आवेदकको भने हात खालि नै रहने छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि MORE भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ( नोट : तपाईले सबैजनाको डिम्याट नम्बर सेव गरि एकैपटक सबैको नतिजा हेर्न सक्नु हुने छ। )
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन  गरेको थियो । जसमध्ये १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४ ८८ कित्ताका लागि सर्वसाधारण विक्री खुला गरेको थियो ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस