रिभर फल्स पावर लिमिटेडको आईपीओ खुलेको आज ११ दिन पुगेको छ ।
हाल सम्म कम्पनीको आईपीओमा कुल १ हजार ६ सय लगानीकर्ताले आवेदन दिएका छन्। उक्त लगानीकर्ताले १ करोड ९९ लाख २९ हजार बराबरको १ लाख ९९ हजार २ सय ९० कित्ताको लागि आवेदन दिएका हुन्। जुन कम्पनीले निष्कासन गरेको भन्दा निकै कम हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो ।
उक्त शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारणको लागि निष्कासन गर्ने कम्पनीले जानेको छ। उक्त आइपीओमा लगानीकर्ताले छिटोमा बैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा बैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।
उक्त आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने गरि कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।















