शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।
आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले गत असोज २० गते धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको हो ।
आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ । लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल १ करोड ४० लाख चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओपछि चुक्ता पूँजी २ करोड पुग्नेछ ।
लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि प्रकृया अगाडि बढाएको हो । बोर्डबाट अनुमति पाएपछि मात्र लघुवित्तको सेयर बिक्रीमा आउनेछ ।















