×
Lagani
Lagani Shiksha gif
दोर्दी खोला र बिन्ध्यवासिनी हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति



नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले दोर्दी खोला जलविद्युत् कम्पनी र बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको  हो।  बोर्डले बिन्ध्यवासिनी हाइड्रोपावरलाइ चैत २५ गते अनुमति दिएको हो भने दोर्दी खोला जलविद्युतलाई चैत २८ गते अनुमति दिएको हो।

Lagani Shiksha gif
sharehubapk दोर्दी खोला र बिन्ध्यवासिनी हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो ।

कम्पनीको शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने हाल संस्थापकतर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पँजी रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ ।

त्यस्तै बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि रू. २५ करोड  बराबरको  २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको शेयर विक्री प्रबन्धमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दाका लागि आईपीओ निष्कानस गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस