×
Lagani
Lagani Shiksha gif
बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार प्रि – अलोटमेण्ट शुक्रवार सम्पन्न भइसकेको  हुदा कम्पनीको आईपीओ मंगलवार बाँडफाँट गर्ने तयारी भइरहेको छ ।

Lagani Shiksha gif
sharehubapk बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक।

कम्पनीले निष्कासन गरेको आईपीओमाा  २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्येबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्ताका लागि दरले आईपीओ पाउने छन् ।

कम्पनीले चैते १६ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गरेको थियो।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस