×
Lagani
Lagani Shiksha gif
आज देखि खुल्यो रिभर फल्स पावरको आईपीओ , कति दिने आवेदन ?



रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री आज देखि विक्री खुला भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर  १ सय रुपैयाँ अंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

Lagani Shiksha gif

उक्त शेयर सम्पूर्ण विक्री नभएमा  विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारणको लागि निष्कासन गर्ने कम्पनीले जानेको छ। उक्त आइपीओमा लगानीकर्ताले छिटोमा बैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा बैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।  आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने गरि कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस