रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको छ ।
कम्पनीले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो।
उक्त शेयर सम्पूर्ण विक्री नभएमा विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारणको लागि निष्कासन गर्ने कम्पनीले जानेको छ। उक्त आइपीओमा लगानीकर्ताले छिटोमा बैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा बैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।
उक्त आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
















