SLBBL 958.9 -4.2 SHEL 242.9 -4.7 UNHPL 266 0 HBL 260 -13 SLCF 9.21 -0.1 JOSHI 305 -6.8 LUK 9.21 -0.09 OHL 925 -9 HRL 861 -4 PMLI 562 1 SHLB 1886.9 1.9 GIBF1 9.69 0.1 USLB 1467 -2.9 EDBL 645 -1.9 H8020 10.2 -0.05 PRSF 9.54 -0.11 API 289.5 2.5 CORBL 958.8 -10.2 HIDCLP 183 -2 ULHC 390 -7.9 SWMF 812 -13 SMH 1064.8 5.9 NICBF 9.3 -0.08 NICGF2 8.78 -0.02 PPCL 262 -5.2 MDB 630 -3.8 SBI 482.9 -6 SCBD 1111 6 TSHL 909 -11 RHPL 364 -5.2 NABBC 631 -12 NRIC 803 -5 PBD84 1065 1.7 CCBD88 1123.1 6.1 KDBY 9.21 -0.23 HDHPC 208.8 -4.1 JBBL 351 -3.1 GBLBS 738 -10 MEHL 380.1 -19.9 ULBSL 3199 37
×
पहिलो दिननै पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा माग भन्दा बढी आवेदन



बलेफी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

कम्पनीको आईपीओमा  पहिलो दिन ४ लाख ३३ हजार ४७१ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवार साँझ ५ बजेसम्म ४ लाख ३३ हजार ४७१ जना आवेदकहरुले रू. ५२ करोड २२ लाख ४८ हजार बराबारको ५२ लाख २२ हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३ दशमलव १३ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गरेको  हो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस