SMH 1064.8 5.9 MHCL 410 -7 JSLBB 1513.9 38.9 HIDCL 270.7 -4.1 DHPL 242 1 CMF1 10.5 -0.2 KBSH 2386 -9 CKHL 632 -8 BARUN 379 -6.1 SICL 832 0 RFPL 532 11.1 ILI 483.5 -2.5 NSIF2 10.52 0.02 PRSF 9.54 -0.11 MKHC 339 -1 FOWAD 1479 0 CHL 353 0.4 CCBD88 1123.1 6.1 MMKJL 543.6 9.6 MBL 255 -4 SBL 345 -8.1 SNLI 585.1 -0.9 RLFL 625 6.9 NICL 990.2 -4.8 PPCL 262 -5.2 SEF 9.51 -0.24 NTC 980.1 -2.4 GMFBS 1512.1 -16.9 MERO 760 0.5 SBCF 9 -0.2 HDHPC 208.8 -4.1 SGIC 641.2 -4.8 MEN 631.1 -3.9 UAIL 639 -1 NYADI 305.4 -6.6 GRDBL 743 5 TRH 1118 -5 ULBSL 3199 37 TSHL 909 -11 GFCL 1051.1 6
×
नेप्सेमा ३०.४३ अङ्कको गिरावट ,राष्ट्र उत्थान र इमर्जिङ् नेपालको शेयरमा साकारात्मक सर्किट



धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ ।

आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो । नेप्सेकानुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् । आज बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१., विकास बैंक ७५.०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बीमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बीमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ अङ्कले ओरालो लागेका छन् ।

आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको रु पाँच करोड ७७ लाख ८६ हजार ८५० र लाइफ इन्सुरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको रु पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

राष्ट्रउत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ् नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइसिएफसी फाइनान्स कम्पनीको शेयर मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सीयल इन्सुरेन्स कम्पनीको शेयर मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस