×
Lagani
Lagani Shiksha gif
ब्रोकर नम्बर ३७ विरूद्ध सेबोनमा उजुरी , यस्तो छ कारण।



नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा ब्रोकर नम्बर ३७ अर्थात स्वर्णलक्ष्मी सेक्युरिटिज विरूद्ध उजुरी परेकाे छ ।

पुतलीसड़क शाखाका कर्मचारीहरुले श्रम शाेषण गरिएकाे भन्दै बाेर्डमा उजुरी दिएका हुन् । आफुले साेही विषयमा चैत्र ६ गते मार्य कार्यालयमा बैठक बस्न अनुरोध गरिएकाेमा अनुरोधको जवाफ नपाएपछि चैत्र ७ र ८ गते कार्यालय कक्षमै कार्य ठप्पपारी बैठकका लागि धर्ना बस्दा पनि कुनै आश्वासन तथा सुनुवाइ नभएपछि उजुरी दिएको पत्रमा उल्लेख गरिएको छ।

Lagani Shiksha gif
sharehubapk ब्रोकर नम्बर ३७ विरूद्ध सेबोनमा उजुरी , यस्तो छ कारण।

उजुरीमा लेखिएको छ ” उपरोक्त सम्बन्धमा हामी यस स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.ली. दलाल नम्बर ३७ पुतलीसडक शाखाका कर्मचारीहरु हेलामा परेको/हेपिएको जानकारी गराउन चहान्छौ। हामीले मासिक परिश्रम माग गर्दा हामीलाई दुर्ग्यबहार सहन परेको छ र कार्यालय समयमा सधैजसो मानसिक यातना/टर्चर गरिरहने तथा जागिर निकालाको धम्की समेत दिने गर्दै आएको समेत जानकारी गराउद छौँ।

हामीलाई बोर्डको नियमानुसार कुनै पनि प्रकारक्रो सेवा-सुविधा प्राप्त नभए तथा नियमसँगत कुनै पनि प्रकारको आर्थिक लाम प्रप्त नभएको पनि यहि पत्र मार्फत जानकारी गराउन चाहन्छौ । सोहि विषयानुसार मिति ०६ चैत्र २०७८ का दिन कायालयमा वैठक बस्न अनुरोध गरेका थियौँ। त्यस अनुरोधको जवाफ नपाएपछि हामी मिति २०७८ साल चैत्र ७ र ८ गतै कार्यालय कक्षमै कार्य ठप्प पारी बैठकका लागि धर्ना बस्दा पनि कुनै आश्वासन तया सुनुवाइ नभएकाले हामी यो पत्र लेख्न बाध्य भएका छौ।  ”

623b0875f1da6 ब्रोकर नम्बर ३७ विरूद्ध सेबोनमा उजुरी , यस्तो छ कारण।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस