×
Lagani
Lagani Shiksha gif
अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

फाइल तस्बिर



अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले  भने ।

Lagani Shiksha gif
sharehubapk अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

USA air force 576x768 1 अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता :  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीचमा फोनवार्ता भएको छ ।बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।क्रेमलिनले दिएको जानकारीअनुसार उहाँहरुका फोनवर्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जनाइएको छ ।

साथै उहाँहरुका बीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ ।त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिनुभएको थियो ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस