×
किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुई मृत्यु



युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ ।स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।

भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् ।

युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । रासस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस